Incident Reports

पेस्तोल सहित पक्राउ

2019-01-30

Madhes, Rautahat, Gaur, Ward 4

रौतहट, १६ माघ गौर नगरपालिका-४ टिकुलिया बस्ने ४७ वर्षीय नकुल राउत कुर्मीलाई अटोमेटिक पस्तोल १ थान, कटुवा पेस्तोल १ थान र कटुवा पेस्तोलमा फिट हुने गोली ५ राउण्ड सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ईशनाथ नगरपालिका-१ स्थित सशस्त्र प्रहरी बल २ नम्बर बाहिनी महोत्तरीबाट खटी गएको प्रहरी टोलीले बकैया खोलाको बन्जारा घाटमा हिँडिरहेका कुर्मीलाई उक्त हतियार सहित फेला पारी नियन्त्रणमा लिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटि गई कुर्मीलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments