Incident Reports

विद्यार्थीद्वारा पत्रकारमाथि हातपात

2019-02-27

Bagmati, Nuwakot, Bidur, Ward 4

उत्तरगया दैनिकमा कार्यरत पत्रकार २५ वर्षीय सरोज गिरीमाथि समाचार सङ्कलनको क्रममा विदुर नपा–४ बट्टारमा रहेको नुवाकोट आदर्श बहुमूखी क्याम्पसमा हातपात भएको छ ।

क्याम्पसको वार्षिकोत्सवको अवसरमा फागुन १३ गते नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच भएको झडपमा फोटो खिच्ने क्रममा पत्रकार गिरीमाथि विद्यार्थीहरूले हातपात गरेका हुन् ।

पत्रिकाले स्वतन्त्र रूपमा समाचार सङ्कलनको लागि अवरोध गर्नुका साथै पत्रकार गिरीमाथि हातपात गरी मोबाइल समेत फुटाइदिएको जनाएको छ ।

झडपमा संलग्नहरूको नजिकबाट फोटो खिचेको भन्दै हातपात गरिएको पीडित पत्रकार गिरीले बताए ।

फागुन १३ गते अनेरास्ववियु क्याम्पस एकाईका अध्यक्ष विष्णुहरि रिमालले विज्ञप्ति निकाली पत्रकारमाथि हातपात नभएको उल्लेख गरेका छन् ।


नवदीप श्रेष्ठ


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
INSEC

0 Comments