Incident Reports

तीन युवक पक्राउ

2019-01-29

Province 1, Sunsari, Itahari, Ward 20

इटहरीः इटहरी इलाका प्रहरीले एक किशोरी लाई बलात्कार गरेको आरोपमा ३ जना युवक लाई पक्राउ गरेको छ। पक्राउ गरिएकाहरुमा ईटहरी वडा २० तरहराका भीमबहादुर परियार, सुबास बिक र प्रकाश खड्का छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईका अनुसार १५ वर्षिय किशोरीले उनलाई पटक-पटक ती युवकहरुले ललाई फकाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिईन् । उनको उजुरीको आधारमा युवकहरुलाई पक्राउ गरिएको हो । चौलागाईका अनुसार जाहेरीका आधारमा अभियुक्तहरु लाई पक्राउ गरि अनुसन्धान भैरहेको छ, १८ बर्ष भन्दा कम उमेरको किशोरी सँग राजीखुशीमै पनि शारीरिक सम्बन्ध राख्न नहुने कानुनमा रहेको उनले बताए । तीनै जनाले फरक-फरक समयमा ललाई फकाई गरि शारीरिक सम्बन्ध राखेको बुझिएकोले थप अनुसन्धान भैरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Sunsari

0 Comments