Incident Reports

सूचना माग्दा पत्रकार माथि दुर्व्यवहार भएको पीडित पक्षको आरोप

2019-03-18

स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने भन्दै सदरमुकाम खाँदबारीमा कार्यक्रम सञ्चालन गरी रहेको वान हर्ट वल्डवाईड नामक संस्थाले पत्रकारलाई दुर्व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ ।

सो संस्थाले जिल्लामा सञ्चालन गरिरहेको कार्यक्रमको सूचना माग्न गएका पत्रकारहरुलाई जिल्ला संयोजक राजीवकुमार शर्माले दुर्व्यवहार गरेको पीडित पत्रकारहरुको आरोप छ ।

संस्थाका जिल्ला संयोजक शर्माले मौखिक सूचना माग्दा दिन नमिल्ने भनेपछि कान्तिपुरका जिल्ला संवाददाता दीपेन्द्र शाक्य, एभीन्यूज टेलिभिजनका भविन कार्की र नेपाल टेलिभिजनका सुजन बज्राचार्य लिखित रुपमा सूचना माग गरी सूचना लिन चैत ३ गते वान हर्ट वल्डवाईडको कार्यालय पुगेका थिए ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३(१) बमोजिम निवेदन दर्ता गरिसकेपछि संयोजक शर्माले अभद्र व्यवहार गरी गालीगलौज गरेको पीडित पत्रकार दीपेन्द्र शाक्यले बताए ।

आरोपित शर्माले किन चाहियो कामको गतिविधि भन्दै क्यामेरा खोस्ने प्रयास गरेको पत्रकार शाक्यले बताए ।

पत्रकारहरुले वान हर्टले जिल्लामा काम गरेको सुरु मितिबाट गरेको तालिम गोष्ठीको खर्च माग गरेका थिए ।

शर्माले हालसम्म स्वास्थ्य क्षेत्रमा कति रकम खर्च गरिसक्यो भन्ने विषयमा पत्रकारहरुले संस्थासँग लिखित रुपमा सूचना माग गरेको पीडित पत्रकार भविन कार्कीले बताए ।

बाबुराम बास्तोला

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media , INSEC

0 Comments