Incident Reports

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

2019-03-14

Gandaki, Tanahun, Bhimad, Ward 3

भिमाद नपा–३ माझकोट सियाँलेको एक विवाह कार्यक्रममा जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाउँका चेतबहादुर मल्ल र अनीता पौडेललाई चैत ७ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय भिमादका प्रहरीले मल्ल र अनीतालाई घरबाटै गिरफ्तार गरेको थियो । उनीहरुलाई सोही दिन जिल्ला प्रहरी कार्यालय दमौलीमा ल्याइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई मनोज पाण्डेले बताए ।

गत फागुन ३० गते भएको बैवाहिक कार्यक्रममा निम्ता मान्न गएका भिमादका शुकबहादुर परियारलाई घरधनी मल्ल र स्थानीय अनीता पौडेलले दलित भएको भन्दै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

विवहा भोज भइरहेको समयमा मल्ल र अनीताले आफुलाई अरु निम्तालु सरह भान्सामा जान नदिएको र टाढा बस्न दबाब दिएको पीडितले आरोप लगाए ।

भिमाद नगर दलित उत्थान समितिका सदस्य समेत रहेका पीडित परियारले यस बारेमा भिमाद नगरपालिकाका कार्यपालिका सदस्य बाबुराम सुनार लगायतलाई सुनाएका थिए ।

सुनारकै पहलमा इलाका प्रहरी कार्यालय भिमादमा उजुरी समेत गरिएको थियो । उजरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।

गिरफ्तार गरिएकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अनुसार मुद्दा चलाइने सई पाण्डेले बताए ।


प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
INSEC

0 Comments