Incident Reports

दलित भन्दै सुत्केरी महिलामाथि कुटपिट

2019-03-31

Bagmati, Kathmandu, Tarakeshwor, Ward 5

दलित भएकै कारण सुत्केरी महिलामाथि कुटपिट भएको छ । नुवाकोट धुनिबेशी गाउँपालिका–३ स्थायी घर भएकी २८ वर्षीया कल्पना सुनवार कुटिइएकी बताइएको छ ।

उनलाई नुवाकोट थानसेत गाउँपालिका–१ स्थायी घर भएकी ३१ वर्षीया रिता आलेमगरले कुटपिट गरेको उजुरीमा उल्लेख छ । उनीहरु दुवै काठमाडौँ तारकेश्वर नपा–५ गोलढुङ्गामा अस्थायी रूपमा बस्दै आएका थिए ।

बारम्बर दलित भएकै कारण उपेक्षा गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छिन् । पीडितलाई चैत १७ गते कुटपिट गरेको भनी चैत १८ गते पीडितले उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होमेन्द्र बोगटीले जानकारी दिए । पीडित महिला नौ महिनाकी सुत्केरी भएको बताइएको छ ।


विमला पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Female Injured 00
Female Abducted 00
INSEC

0 Comments