Incident Reports

वडा सचिवद्वारा पत्रकारमाथि दुर्व्यवहार !

2019-04-30

Gandaki, Tanahun, Bhimad, Ward 5

नेपाल पत्रकार महासङ्घ तनहुँका कोषाध्यक्ष एवम् आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज) तनहुँका अध्यक्ष भिमाद नगरपालिका–५ निवासी ३० वर्षीय प्रताप रानालाई भिमाद नगरपालिका–५ का वडा सचिव रमेश बरालले दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् ।

समाचार सङ्कलनको क्रममा वैशाख १७ गते वडा कार्यालय पुग्दा आफूलाई वडा सचिव बरालले दुर्व्यवहार गरेको पत्रकार रानाले बताए ।

कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता रहेका पत्रकार राना प्राकृतिक स्रोतमाथि भइरहेको दोहनको बारेमा बुझ्न वडा कार्यालय गएका थिए ।

सो क्रममा वडा सचिव बरालले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको पत्रकार रानाको आरोप छ । वडा सचिव बरालले पत्रकारले क्यामेरा तेर्स्याउँदै आफूलाई केही फरक नपर्ने भन्दै निकै आक्रामक बन्दै पत्रकारलाई सबै सूचना उपलब्ध गराउन नसकिने बताएको पत्रकार रानाले जनकारी दिए ।

पत्रकार रानामाथि भएको दुव्र्यवहारको नेपाल पत्रकार महासङ्घ तनहँुले विरोध गरेको छ । महासङ्घले विज्ञप्ति प्रकाशित गरी समाचार सङ्कलनका क्रममा महासङ्घका कोषाध्यक्ष माथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसैगरी फोनिजले पनि विज्ञप्ति प्रकाशित गरी सूचनाको हकको सुनिश्चितता र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै निर्वाध रूपमा सुरक्षित तवरले पत्रकारिता गर्ने वातावरण निर्माण गर्न तथा पत्रकारमाथि दुर्व्यवहार गर्ने वडा सचिव बरालमाथि कारवाही गर्न माग गरेको छ ।


प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments