Incident Reports

विवाह गरेको दुई महिना नबित्दै २१ वर्षीयाको हत्या, श्रीमान् र सासु प्रहरी नियन्त्रणमा

2019-05-03

Madhes, Siraha, Siraha, Ward 14

सिरहा – सिरहा नगरपालिका–१४ खिरौनामा फेरि दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ । बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् ।गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने  रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् । केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातना दिने गरेको   मनिषाको बाबु रघुनाथ मण्डलले आरोप लगाए । सासु तारादेवी मण्डल एवं श्रीमान् रामरेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरी अनुसन्धानको लागि लगिएको छ ।शव पोष्टमार्टको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको पुलिस प्रशासनले जानकारी दिएको छ ।यो पनि पढ्नुहोस् जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चनको उपचारका क्रममा  मृत्यु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments