Incident Reports

कैलालीका पत्रकार आन्दोलित

2019-05-05

Sudurpashchim, Kailali, Dhangadhi

कैलालीका पत्रकार आन्दोलित भएका छन्।काम गर्ने वातावरण नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। आइतबार धनगढीका पत्रकार जनक विष्टमाथि सार्वजनिक ठाउँमा नै व्यापारिले कुटपीट गरेपछि कैलालीका पत्रकारले जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार दिउँसो धर्ना दिए।

विष्टलाई धनगढीको त्रिरिनगर माध्यामिक विद्यालयका प्रधानाध्यापकको कार्यकक्षमा बाहिरबाट आएका व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका थिए।'प्रेस माथिको आक्रमण बन्द गर, 'पत्रकारलाई कुटनेलाई कार्यवाही गर, प्रेस स्वतन्त्राको ग्याण्टी गर, नारा लगाउँदै धनगढी पार्कमोडबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय कैलालीमा पुगेर धर्नामा परिणत भएको हो। 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन वमको नेतृत्वमा भएको विरोध आन्दोलन भएको हो। केन्द्रीय सदस्य वमले प्रेसमाथि भएको आक्रमण गर्दा काम गर्ने वातावरण नभएको भन्दै जिल्ला प्रशासनसँग अपराधिलाई कानुनी कार्यावाही गर्नुपर्ने बताए।

कैलालीमा पत्रकारमाथि श्रंखृलावद्ध आक्रमण भएकाले राज्यले सुरक्षाको ग्यारेण्टी गर्न उनले माग गरे। पत्रकार विष्टलाई कुट्ने तेजेन्द्र थापा आइतबार प्रहरीले पक्राउ गरेको छ।

धर्नापछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पत्रकारको सुरक्षाको लागि राज्य गम्भीर भएको बताए। उनले प्रेसमाथि आक्रमण गर्ने जोसुकै भएपनि कानुनअनुसार कार्यवाही हुने विश्वास व्यक्त गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments