Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-05-07

Province 1, Sunsari, Duhabi, Ward 2

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुहवी नगरपालिका–२ का २० वर्षीय जीवन चौधरीलाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई वैशाख २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ इलाका प्रहरी कार्यालय दुहवीमा वैशाख २४ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर रामनारायण माझीले बताए ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको मौखिक उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर माझीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २४ गते सुनसरी सामुदायिक अस्पतालमा गरिएको छ ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments