Incident Reports

अज्ञात पक्षबाट विद्यालयको कार्यालय कोठामा आगजनी

2019-05-08

Province 1, Sunsari, Inaruwa, Ward 1

इनरूवा नगरपालिका–१ स्थित चाँदनी आधारभूत विद्यालयमा वैशाख २५ गते अज्ञात पक्षले आगजनी गरेको छ ।

अज्ञात पक्षले २५ गते बिहान २ बजेको समयमा कार्यालय कोठाको ताल्चा तोडेर कागजातसहित फर्निचरमा आगजनी गरेको डिएसपी ज्ञानेन्द्र फुयालले बताए ।

आगजनीबाट कम्प्युटर एक थान, केही पुस्तकहरू, रोष्टम, फाइल र खेलकुदका सामग्री जलेर नष्ट भएको छ । आगजनी गर्ने समूहले एक थान साउण्ड बक्स लिएर गएको डिएसपी फुयालले बताए ।

आगजनीबाट करिब ४५ हजार रुपियाँ बराबरको क्षति भएको विद्यालय प्रशासनले जनाएको छ । घटनामा संलग्नहरुको खोजी थालिएको प्रहरीले जनाएको छ ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments