Incident Reports

पत्नीलाई घरनिकाला

2019-05-11

Karnali, Mugu, Mugum Karmarong, Ward 7

मुगु : मुगुम कार्मारोङ गाउँपालिका–७ मह गाउँका २६ वर्षीय पेमा तार्के लामाले चार वर्षीय छोरालाई आफ्नो साथमा राखेर पत्नी टोमालाई घरनिकाला गरेका छन्। उनीहरूले पाँच वर्षअघि प्रेम विवाह गरेका थिए।

पेमाले अर्की पत्नी ल्याउने धम्की दिँदै काखको बच्चा खोसेर घरनिकाला गरेको टोमाले बताइन्। ‘छोरा आफूसँगै राख्ने र मलाई माइत जा भनेर दैनिक कुट्ने गर्थे तैपनि मैले छोराको मुख हेरेर चार वर्ष बिताएँ’, उनले भनिन्।

पतिले घरबाट निकालेपछि छोरा उर्गिन तेन्जेन लामालाई आफूसँग राख्न गाउँपालिका–७ का अध्यक्ष च्यावा तामाङसँग मौखिक जाहेरी गरिन्। वडाध्यक्ष तामाङले पति पेमालाई पाँच वर्षसम्म छोरा आमाले नै राख्न पाउने भने पनि पेमाले छोरा दिन मानेका छैनन्। पाँच वर्षसम्म विवाह दर्ता नै नगरेका कारण टोमाले पाँच वर्षमुनिका बालबालिकाले पाउने बाल अनुदान रकम पनि पाउन सकेकी छैनन्। कर्णालीका बालबालिकालाई पोषणका लागि दिइँदै आएको प्रतिमहिना एक सय रुपैयाँ पनि पति पेमाले नै दाबी गरेका छन्।

बिनाकारण घर निकाला गरेर छोरा खोसेकाले उजुरी आएपछि वडाध्यक्ष तामाङले पेमासँग छोरा फिर्ता गर्न र पत्नीलाई आफ्नो घर बोलाउन आग्रह गरेको बताए। पेमा लामाले अन्नपूर्णसँग भने, ‘म यो बूढी सकार्न सक्दिनँ, अर्की ल्याउँछु। अहिलेको बूढी टोमाले मुद्दा गरेकाले कानुनी प्रक्रियामा मात्र स्विकार्छु।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments