Incident Reports

त्रिवि सेवा आयोगमा तोडफोड,५ विद्यार्थी पक्राउ

2019-05-12

Bagmati, Kathmandu, Kirtipur

काठमाडौं : कर्मचारी भर्ती गर्दा अनियमितता गरेको आरोपमा विद्यार्थीको एक समूहले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तोडफोड गरेको छ।

उनीहरूले आयोग अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन्। कार्यालयका झ्यालको सिसा, कार्यालय परिसरमै रहेको काउन्टर पनि फुटाइदिएका छन्। महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काका अनुसार कार्यालयमा सजाएर राखिएका २० वटा गमला पनि विद्यार्थीले फुटाएका छन्।

कार्यालयको प्रवेश विन्दुमा रहेको आल्मुनियमले बनाइएको गेट पनि विद्यार्थीको आक्रमणबाट फुटेको छ। वैशाख १४ गते आयोगले प्रकाशन गरेको कर्मचारीको अन्तिम नतिजामा धाधली गरेको आरोप विद्यार्थीले लगाएका छन्।

नतिजा प्रकाशन गर्दा आफन्त र नातागोताका र विश्वविद्यालयका उच्च पदाधिकारीका नातेदारलाई प्राथमिकता दिएको उनीहरूको आरोप छ।

तोडफोडमा संलग्न ५ जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। खड्काले भने, ‘उनीहरू संगठित रुपमा आक्रमण गर्न आएका हुन् कि व्यक्तिगत रुपमा भन्ने एकिन भएको छैन। अनुसन्धान भइरहेको छ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments