2019-05-10
१६ वर्षीया बालिकालाई चन्द्रपुर नपा–२ का ३६ वर्षीय वीरेन्द्र महरा रामले ०७५ फागुन २८ गतेदेखि बन्धक बनाएर बलात्कार गरेको आरोपमा पीडित बालिकाका बाबुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख २९ गते उजुरी दर्ता गराएका छन् ।
पीडित बालिकालाई आरोपितले पीडित बालिकालाई ०७५ फागुन २५ गते चितवन लगेका थिए । पीडित बालिकालाई फागुन २८ गते कोठामा कोही नभएको मौका पारी विभिन्न डरधाक देखाई जबरजस्ती सिन्दुर हालेको र सोही रात पहिलो पटक बलात्कार गरेको पीडितले बताइन् ।
सो दिनदेखि आरोपितले विभिन्न डर धाक देखाई कोठाबाट कतै निस्कन नदिइ बलात्कार गर्ने गरेको पीडितले बताइन् ।
०७६ वैशाख २७ गते राति पनि पीडितलाई आरोपितले बलात्कार गरेको र वैशाख २८ गते पीडितलाई आरोपितले आफ्नो घर रौतहट जुडिवेलामा ल्याएपछि पीडितले सबै घटना विवरण बाबुलाई बताएपछि उजुरी दिइएको पीडितको बाबुले बताए ।
आरोपितलाई वैशाख २९ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको इन्स्पेक्टर सन्तोष पाठकले बताए ।
घटना चितवन जिल्लामा भएकाले आरोपित महरा, जाहेरवाला पीडितको बाबु र पीडितलाई प्रहरीको साथ लगाई चितवन पठाइएको र त्यँहिबाट घटनाको अनुसन्धान हुने र पीडितको स्वास्थ्य परीक्षण हुने इन्स्पेक्टर पाठकले बताए ।
कोपिला तिमल्सिना
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19