Incident Reports

कालोपुलमा युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर, एक जना पक्राउ

2019-05-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– राजधानीको कालोपुलमा युवतीमाथि एसिड प्रहार भएको छ। २० वर्षीया जेबी खड्कालाई कोठाबाट बाहिर ल्याएर बुधबार साँझ ७ बजेतिर एक युवकले एसिड प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले नागरिक न्यूजलाई जानकारी दिए।

युवतीको अवस्था गम्भीर छ। उनको दुइटै हात जलेको छ। छाती, गलामा पनि गहिरो घाउ भएको छ। उनको ओम अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ। 

घटनाको केही समयपछि प्रहरीले एसिड प्रहार गर्ने विष्णु भुजेललाई भक्तपुरस्थित काँडाघारी चोकबाट पक्राउ गरेको छ। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको डिएसपी बोगटीले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments