Incident Reports

हातहतियार सहित पक्राउ

2019-05-17

Lumbini, Rupandehi, Siddharthanagar, Ward 11

सिद्धार्थनगर नगरपालिका-११ पिप्रहियाबाट भारत महाराजगंज फरेना बस्ने ५० वर्षीय झिनक धोवीलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान र सो को म्याग्जीन १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपाल-भारत सीमा नाकामा भारतीय मूलका मानिसहरुले अवैध रुपमा साना हातहतियार लिई नेपाल आउँदै गरेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरबाट खटिएको प्रहरीले नम्बर नखुलेको मोटरसाइकलमा आएका उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा सीमा पारीबाट तत्काल अज्ञात समूह नेपाल प्रवेश गरी हुलहुज्जत तथा अभद्र व्यवहार गर्दै डिउटीमा खटिएको प्रहरीलाई आक्रमण गर्नुका साथै हतियार खोस्न खोजेको र सीमा पारीबाट फायर समेत गरेकाले प्रहरीले जवाफी फायर गर्दा भारत महाराजगंज फरेना बस्ने करिब २२ वर्षीय दिलिप धोवी घाइते भएका थिए । तत्काल सोही समूहले आफूसँगै लिएर गएका घाइते धोवीको भारतमा उपचारको क्रममा मृत्यु भएको बुझिन आएको छ । साथै सो समूहको आक्रमणबाट डिउटीमा खटिएका २ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । 

0 Comments