Incident Reports

जनप्रतिनिधिद्वारा पत्रकारलाई दुर्व्यवहार गरेको आरोप

2019-05-22

Province 1, Sunsari, Itahari

विरोध कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका पत्रकारद्वय ३२ वर्षीय कृष्ण भट्टराई र २४ वर्षीय विकल रेग्मीलाई इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले कर्मचारीहरूको आन्दोलन बारेमा दुई जना पत्रकारलाई दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् ।

सेवाग्राहीसँग घर निर्माणका क्रममा माटो पुरेको लगत विवरण मिलाइदिए बापत सब ओभरसियर ३२ वर्षीय राम खड्काले घुस लिएको विषयमा मेयरले गाली गलौज र हातपात गरेको भन्दै सोको विरोधमा कर्मचारीले आन्दोलन गरेका थिए ।

सो आन्दोलन सुरू गरे पश्चात सो विषयमा जानकारी लिन पुगेका पत्रकारद्वय ३२ वर्षीय कृष्ण भट्टराई र २४ वर्षीय विकल रेग्मीलाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

जेठ ८ गते कार्यालय समयमा मेयर चौधरीले सबओभरसियर र वडासचिव मनोज दहाललाई हातपात गरेको कर्मचारीहरूको आरोप छ ।

पत्रकार दुव्र्यवहारको भत्र्सना गर्दै पत्रकार महासङ्घ सुनसरी शाखाले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको घटनाको भत्र्सना र दोषीलाई कारवाही गर्न माग गरेको छ ।

मेयर चौधरीले कर्मचारीले सेवाग्राहीलाई सेवा नदिएर घुस खाएको विषयमा सचेत हुन चेतावनी दिएको र तत्काल मिडियाकर्मीलाई प्रतिक्रिया दिने क्रममा केही भूल भएको बताएका छन् ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
INSEC

0 Comments