Incident Reports

समाचार लेखेको निहुँमा पत्रकारमाथि कुटपिट

2019-06-05

Madhes, Mahottari, Gaushala

समाचार लेखेको निहुँमा महोत्तरीबाट प्रकाशित हुँदै आएको द पब्लिक टुडे राष्ट्रिय दैनिकका समाचारदाता गौशला नपा–२ निगौल बस्ने ३५ वर्षीय रामबाबु यादवमाथि जेठ २२ गते कुटपिट भएको छ ।

गौशाला नगरपालिका–४ रजखोरका ४५ वर्षीय राजनारायण महतोले पत्रकार यादवलाई कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका पत्रकार यादवको उपचार गौशाला स्थित स्थानीय क्लिनिकमा भइरहेको छ ।

गत वैशाख १७ गते महतोले कान्छी पत्नीलाई कुटपिट गरी यातना दिने गरेकोसम्बन्धी समाचार द पब्लिक टुडे राष्ट्रिय दैनिकमा प्रकाशित गरेको निहुँमा आफूलाई कुटपिट गरेको पीडित पत्रकार यादवले बताए ।

आफ्नो चरित्र बदनाम गराउने गरी समाचार लेखेको भन्दै उनले आफ्ना दाजुभाइसहित यादवमाथि निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते भएका पत्रकार यादवको मुख र नाक फुटेको छ । ओठहरू सुन्निएको छ । ढाड र पिठ्यूँमा चोट लागेको छ ।

घटनाबारे थाह पाएपछि द पब्लिक टुडेका प्रकाशक रामनारायण महतो घटनास्थल पुगी घटना बारे बुझेर पीडित पत्रकार यादवलाई प्रहरीमा उजुरी गर्न भने अनुसार यादवले उजुरी गरेका छन् ।

उनले घटनाका आरोपित ४५ वर्षीय राजनारायण महतो, ४२ वर्षीय जयनारायण महतो र ४० वर्षीय जयकिशोर महतोविरूद्ध इलाका प्रहरी कार्यालयमा कुटपिट, घाउखतसम्बन्धी उजुरी दर्ता गराएका छन् ।

उजुरी दर्ता लगतै प्रहरीले पत्रकारलाई कुटपिट गर्ने राजनारायण महतोलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय गौशला राखी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


अजयकुमार साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments