Incident Reports

जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-06-19

Karnali, Humla, Simkot, Ward 2

सिमकोट गाउँपालिका-२ की ३५ वर्षीया हिरकला परियारलाई सोही ठाउँका २८ वर्षीय बलिमान बोहराले जातीय विभेद गरेको भन्दै पीडित पक्षले असार ४ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएको छ ।


परियार असार १ गते बेलुका आफ्नै घर परिवारसँग बसिरहेको बेला आरोपितले मदिरा सेवन गरेर आई आफूलाई डुम जाति भन्ने शब्द प्रयोग गरी हातपात समेत गरेको पीडितले आरोप लगाएकी छन् ।


बोहराले पीडितका अपाङ्गता भएका ४५ वर्षीय पति मकविर परियारलाई समेत कुटपिट गरेको उजुरीमा उल्लेख छ ।


आरोपितले गत वैशाख महिनादेखि पटकपटक आफ्ना घरपरिवारमाथि अपशब्द बोल्दै हातपात गर्ने गरेको पीडित परियारको भनाई छ ।


सो घटनाका विषयमा असार २ गते वडा कार्यालयमा मौखिक उजुरी गर्दा पनि वडा कार्यालयले वास्ता नगरेपछि पीडितले असार ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), हुम्लामा न्याय दिलाउन पहल गरिदिन आग्रह गर्दै निवेदन समेत दिएकी थिइन् ।


पीडित पक्षको निवेदनपछि इन्सेकले सहयोग र समन्वय गरेपछि जेठ ४ गते नै पीडितले जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएकी थिइन् ।


पीडित पक्षको उजुरीपछि घटनाका बारेमा अनुसन्धान गरी पीडितलाई न्याय दिलाउने महिला तथा बालबालिका सेवा केन्द्रकी इञ्चार्ज विष्णुमाया गुरुङले जानकारी दिइन् ।


नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Female Injured 00
INSEC

0 Comments