Incident Reports

सिरहामा शरिर छोएको निहुँमा डोम उपर बर्बरता, घटना दबाउन प्रहरी नै सक्रिय

2019-02-15

Madhes, Siraha, Lahan, Ward 18

सिरहामा डोम आमाछोरी उपर कुटपिट भएको घटना प्रहरीले नै दबाउन खोजेको छ । लहान नगरपालिका १८ की ललिता मरिकका ८ वर्षीय छोरा शुशिल मरिकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा ललिता र उनकी छोरी अमिरका मरिक उपर कुटपिट भएको हो। छिमेकी अयोधी सदाय, सकल 'सदाय र विरोधी महतोले लहान नगरपालिका-१८ का ललिता र उनकी छोरीलाई घरमै गएर कुटपिट गरेका हुन् । प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिइरहेको छ ।

गत फागुन ३ गते बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहुँमा ललिता र अमिरका कुटिएका थिए। अशोक अयोधीका नाति हुन् । 

फागुन ३ गते नै उनीहरुले लहान प्रहरीमा उनुरी दिएपनि प्रहरीले मिलापत्र गर्न दबाब दिएको ललिताका श्रीमान् दुःखी मरिकले सुनाए । प्रहरीले दुईपटकसम्म छलफल आह्वान गरेको, तर पीडकको उपस्थितिविना नै मिलापत्र गर्न दबाब दिएको उनको गुनासो छ । दुवै छलफल असफल भएपछि घटना सार्वजनिक भएको हो ।

कुटपिटबाट आमाछोरी ललिता मरिक र अमिरका मरिक घाइते भएका छन् । ललिताको टाउको, अल्पसंख्यक, दलित उपरको ज्यादतीलाई सरोकारवाला निकायले समयमै निराकरण गरी दोषीलाई कानुनको दायरामा ल्याउन नसकेका कारण यस्ता घटनाहरु अझ घटन सकेको छैन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 1
Local Newspaper - Siraha

0 Comments