Incident Reports

मध्यवर्तीको कार्यालयमा तालाबन्दी

2019-05-15

Bagmati, Chitawan, Ratnanagar

सौराहाको महिला नेचर गाइड समूहले बुधबार मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । चितवन निकुञ्जले सामुदायिक सीप केन्द्रबाट महिला नेचर गाइडलाई लखेटेपछि उनीहरूले मध्यवर्तीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सो उपभोक्ता समितिअन्तर्गत रहेको सामुदायिक सीप केन्द्रमा सामान्य बोर्ड राखेर महिला नेचर गाइडहरूले व्यावहारिक ज्ञान हासिल गर्दै आएका थिए । महिला नेचर गाइडहरूले राखेको बोर्ड बुधबार निकुञ्जले हटाएको छ ।

सपना भिलेज सोसल इम्प्याक्टको आर्थिक सहयोगमा सीप केन्द्रले मध्यवर्ती क्षेत्रका १९ जना महिलाहरूलाई नेचर गाइड तालिम दिएको थियो । तालिम अन्तिम चरणमा आइरहँदा महिला नेचर गाइडहरूले सीप केन्द्रमा एउटा बोर्ड र टेबल राखेर व्यावहारिक ज्ञान सिक्दै आएका थिए ।

निकुञ्जको सौराहा सेक्टर कार्यालयले उनीहरूले राखेको बोर्ड र टेबुल नियन्त्रणमा लिएपछि आक्रोशित बनेका महिला नेचर गाइडहरूले मध्यवर्तीको कार्यालयमा तालाबन्दी गरेका हुन् । सीप केन्द्रका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले निकुञ्जले महिला नेचर गाइडको काममा हस्तक्षेप गरेको बताए । 'यो मध्यवर्तीका बासिन्दाप्रति निकुञ्जले गरेको हस्तक्षेप हो', उनले भने, ‘यसलाई निकुञ्जले सच्याउनुपर्छ ।'

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments