Incident Reports

सिरहामा चिया छोएको निहुँमा दलित कुटिए

2019-08-27

Madhes, Siraha, Sukhipur, Ward 6

सिरहा– चिया पसलमा चिया छोएको निहुँमा एक दलित वृद्ध गैर दलितबाट कुटिएका छन् ।

सिरहाको सुखिपुर नगरपालिका ६ स्थित सार्वजनिक चिया पसलमा चिया छोएको निहुँमा गैरदलितबाट कुटिएका हुन् ।

सुखिपुर नगरपालिका ६ का ७१ वर्षीय गनौरा मोचीलाई चिया छोएको भन्दै सुखिपुर ६ का ४५ वर्षीय किसुन यादवले मंगलबार कुटपिट गरेका थिए । यादवले दलित जाति भएर चिया पसलमा आएर चिया किन खाएको भन्दै गाली गर्नुको साथै चिया छोएको निहुँमा आफुले लगाएको चप्पलले कुटेका थिए ।

पीडित गनौरा मोचीका अनुसार चिया खान स्थानीय पसलमा पुगेर टेबुलमा बसेका थिए । यादवहरुको समूह पनि चिया खान अर्को टेबुलमा बसेका थिए । एक्कासी किसुन यादवले दलित समुदायको मान्छे भएर चिया पसलमा आएर चिया खाने आँट गरेको भन्दै सुरुमा हप्कीदप्की गरेका थिए । मुखमा आएको जति गाली गर्दै दलितले छोएको चिया आफुले नखाने भन्दै यादव आफुमाथि कुटपिटमा उत्रिएको पीडित गनौरा मोचीले बताए । ‘दलितले छोएको चिया खाने ? भन्दै म माथि कुटपिट भयो । ’

गनौरा मोचीलाई न्यायको लागि सहयोग गर्न लागि परेको दलित विकास मञ्च सिरहाका कार्यक्रम संयोजक रविन महराले जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ताका लागि गए पनि जाहेरी दर्ता नभएको बताए । संयुक्त दलित मोर्चाका संयोजक शिव कुमार महराले कानुन अनुसार छुवाछूत गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।

दलित अधिकारकर्मी तथा राष्ट्रिय दलित नेटवर्कका कार्यक्रम संयोजक संजय महराले पीडितको उजुरी दर्ता नगरी जिल्ला प्रहरी कार्यालयले पीडकलाई कारबाही गर्छु भनेर आश्वासन दिएको बताए । पीडक भागेपछि खोजी गरी कारबाही गर्ने जिल्ला प्रहरी कायार्लय डिएसपीले बताएको संजयले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments