Incident Reports

पत्रकारमाथि कुटपिट

2019-06-05

Madhes, Mahottari, Gaushala, Ward 4

जेष्ठ २२ गते, बर्दिबास समाचार लेखेको निहुँमा महोत्तरीका एक पत्रकारमाथि कुटपिट भएको छ। महोत्तरीबाट प्रकाशित हुँदै आएको 'द पब्लिक टुडे राष्ट्रिय दैनिकका समाचारदाता ३५ वर्षीय रामबाबु यादवमादि आज कुटपिट भएको हो ।

गौशाला नगरपालिका-४ रजखोर का ४५ वर्षीय राजनारायण महतोले पत्रकार यादवलाई कुटपिट गरेका हुन् कुटपिटबाट यादव घाइते भएका छन्। उनको उपचार गौशालास्थित स्थानीय क्लिनिकमा भइरहेको छ।

गत बैसाख १७ गते महतोले कान्छी श्रीमतीलाई कुटपिट गरी यातना दिने गरेको सम्बन्धी समाचार प्रकाशित गरेको निहुँमा आफूलाई कुटपिट गरेको पीडित पत्रकार यादवले बताए। श्रीमतीलाई यातना दिइरहेको समाचार बाहिरिए पनि राजनारायणले श्रीमतीलाई यातना दिन नछोडेपछि, जेष्ठ २२ गते बिहान बुझ्नको लागि गएका पत्रकार यादवमाथि राजनारायणले कुटपिट गरेका हुन्। आफ्नो चरित्र बदनाम गराउने गरी समाचार लेखेको भन्दै उनले आफ्ना दाजुभाइसहित यादवमाथि निर्घात कुटपिट गरेका हुन्। कुटपिटबाट घाइते भएका पत्रकार यादवको मुख र नाक फुटेको छ, ओठ सुन्निएको छ। ढाड र पिठ्युमा चोट लागेको छ। घटनाबारे थाह पाएपछि 'द पब्लिक टुडे' का प्रकाशक रामनारायण महतोले कुटपिट गर्ने ४५ वर्षीय राजनारायण महतो, ४२ वर्षीय जय नारायण महतो र ४० वर्षीय जयकिशोर महतो माथि उजुरी दर्ता गराउन लगाएका थिए।

प्रहरीले पत्रकारलाई कुटपिट गर्ने राजनारायण महतोलाई पक्राउ गरी इप्रका गौशलाको हिरासतमा लिइ अनुसन्धान सुरु गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Mahottari

0 Comments