Incident Reports

पत्रकारलाई आक्रमण गरेको घटनाका आरोपित गिरफ्तार

2019-09-08

Sudurpashchim, Kailali, Dhangadhi, Ward 5

धनगढी एफएममा तातो बहस कार्यक्रमका प्रस्तोता धनगढी उमनपा-५ का ३२ वर्षीय पत्रकार नवराज धानुकलाई आक्रमण गरेको आरोपमा प्रहरीले धनगढी उमनपा-७ निवासी २९ वर्षीय रवी रानालाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

तातो बहस कार्यक्रमका लागि रिपोर्ट सङ्कलन गरेर फर्कने क्रममा भदौ २२ गते साँझ मोटरसाइकलमा आएका रानाले बाटो छेकेर गालीगलौज गर्दै आक्रमण गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २२ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी सार्वजनिक मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यलय,कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए । पीडित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी बस्नेतले बताए ।


मैनामोती चौधरी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments