Incident Reports

वीरगंजमा लोक सेवा आयोगको विज्ञापनको प्रतिलिपी जलाईयो

2019-06-06

Madhes, Parsa, Birgunj

नेपाल सरकारले ल्याएको लोक सेवा आयोग मधेश बिरोधी भएको भन्दै वीरगंजमा विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् ।

लोक सेवा आयोगले मधेशी, दलित, मुश्लिम, महिला, सिमान्कृत लगायत मधेशमा बस्ने समुदायको अधिकार कुण्ठित गर्ने गरि ल्याएको लोक सेवा आयोगको विज्ञापन अस्वीकार्य रहेको भन्दै वीरगंजको घण्टाघरमा लोक सेवा आयोगको विज्ञापनको प्रतिलिपी जलाई सरकार बिरुद्ध प्रदर्शन गरेका छन् । 

नेपालमा ५१ प्रतिशत मधेशी जनता रहेको तथा देशको सिमानामा समेत मधेशी जनताले सुरक्षा दिईरहँदा सरकारले मधेशी युवाहरुको भविषयलाई धाराशाही पार्ने गरी ल्याएको विज्ञापन कदापी स्वीकार्य नहुने प्रदर्शनमा सहभागि विधार्थी शेख मुनाले बताए । संविधान विपरित सरकारले मधेशी विद्यार्थीहरुको भविष्यसंग खेलवाड गर्ने गरी ल्याएको विज्ञापन खारिज गरी राज्यको हरेक निकायमा मधेशी विधार्थीहरुले पनि देशको बागमुल सम्हाल्ने बिज्ञापन जारी गर्न मांग गरेका थिए । 

सरकारले तत्काल विज्ञाप्न फिर्ता नलिए सरकार बिरुद्ध कडा आन्दोलन गर्ने प्रदर्शनमा सहभागी विधार्थीहरुले बताएका छन् । 

शेख मुना अंसारीको नेतृत्वमा भएको कार्यक्रममा भिजिट मधेशका संयोजक ओमप्रकाश सर्राफ, महिला नेतृ मालती कुश्वाहा, हिरालाल साह, राजेश्वर यादव लगायतको सहभागीता रहेका थियो । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments