Incident Reports

कर्जा फिर्ता नदिएको भन्दै शाहुद्वारा महिला र उनकी छोरीमाथि हातपात ।

2019-05-10

Madhes, Parsa, Dhobini, Ward 5

पर्साको  धोबिनी गाउँपालिका वार्ड नम्बर ५ जगरनाथपुरमा ऋण लिएको पैसा समयमै फिर्ता नदिएको भन्दै साहुले कर्जा लिएका व्यक्तिकी श्रीमती र छोरीलाई निर्घात कुटेका  छन्  ।  साहुले पिटेपछि  घाइतेहरुलाई  आफ्नो घरमा लगेर बन्धक बनाएको घटना सार्वजनिक भएको  हो  ।

कर्जा लिएका स्थानिय समसुल हककी  श्रीमती रहम्बानी खातुन र उनकी १६ बर्षीय छोरीमाथि ६० बर्षीय साहु सौकत  देवान, उनका छोराहरु ३५ बर्षीय फिरोज देवान, २५ बर्षीय अफरोज  देवान र सफरोज देवानले कुटपिट गर्दै दुर्व्यवहार गरेका हुन्  । कुटपिटबाट रहम्बानीको छातीमा गम्भीर चोट लागेको छ भने उनकी  छोरिको भातिमा र दांतमा चोट देखिएको छ  ।  घरमा बसेका बेला सौकत र उनका छोराहरु  आएर श्रीमती र छोरीलाई कुटपिट गरि आफ्नो घरमा लगेर १ घण्टा बन्धक बनाएको पिडित समसुल हकले बताए  ।

श्रीमती  र छोरीलाई इलाका प्रहरी कार्यालय लंगडीको टोलीले उद्धार गरेपनि  शाहु  र उनका छोराहरुलाई पक्राउ गर्नुको साटो उल्टै आफुँहरुलाई  पक्राउ गरेर प्रहरी कार्यालय लागेको पिडित समसुल  हकले जनाए  । यसबारेमा प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मछिन्द्र केसीले पैसाको बिषयमा सामान्य झगडा भएको बताए  ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 1
Local Newspaper - Parsa

0 Comments