Incident Reports

वडाध्यक्षलाई नै छोइछिटो

2019-09-27

Lumbini, Bardiya, Gulariya, Ward 9

बर्दिया (कास)– गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछूतका घटना अनगिन्ती छन् । दुई वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछूत व्यवहारबाट उन्मुक्ति पाइने भयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्,’ उनले सुनाए ।

वडाध्यक्ष पासीका अनुसार कथित उपल्लो जातिको घरमा पानी पिउनुपर्‍यो भने उनलाई छुट्टै गिलास दिइन्छ । ‘मधेसी समाजमा यस्तो भेदभाव बढी छ,’ उनले भने, ‘वडाध्यक्ष भए पनि कथित उच्च जातिका व्यक्ति मसित राय सल्लाह गर्न आउँदैनन् ।’ बाध्यताबस वडाका काममा आउँछन् । ‘नमस्कारसमेत फर्काउँदैनन्,’ उनले भने, ‘राम्रोसँग बोल्न पनि बोल्दैनन् ।’ समाजमा आर्थिक रूपमा सम्पन्न दलित समुदायका व्यक्तिलाई मानमनितो गरेको देखिन्छ । विपन्न व्यक्तिले छुवाछूत सहनुपरिरहेको छ ।

निर्वाचनका बेला आफूमाथि जातीय कुरामा निकै प्रहार भएको पासीले सुनाए । ‘मैले वडाध्यक्ष जिते दलितलाई नमस्कार गर्नुपर्छ भनेर प्रचार गरियो,’ उनले भने, ‘तर, मलाई नै जिताए ।’

तत्कालीन माओवादीबाट उम्मेदवार बनेका उनले विपक्षीभन्दा ७१ मत बढी पाएका थिए । उनका निकटम प्रतिद्वन्द्वी तत्कालीन मधेसी जनअधिकार फोरमका देवराज कुर्मी थिए । वडामा १ हजार ५ सयभन्दा बढी घरधुरी छन् । तीमध्ये ५ सय हाराहारी दलित समुदायका छन् । आफूले गरेका राम्रा कामको विरोध आफ्नै समुदायबाट बढी भए पनि विचलित नभएको पासीले बताए ।

उनले आफ्नै समुदायभित्रको जातीय विभेद देख्दा पनि चिन्ता लागेको बताए । जातीय भेदभाव सधैंका लागि अन्त्य गर्न तीन तहका सरकारबाटै सचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने उनले बताए । ‘पाको पुस्तामा विभेद कायम छ,’ उनले भने, ‘शिक्षामा दलित समुदायको पहुँच पनि कम छ ।’ आफ्नो वडामा माध्यमिक तह (एसईई) उत्तीर्ण पाँचजना मात्र रहेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments