Incident Reports

असुरक्षित महसुस गर्दै महरा प्रकरणलाई सबैभन्दा पहिले बाहिर ल्याउने पत्रकार शिवाकोटी

2019-10-03

Bagmati, Kathmandu, Kathmandu

कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने महिलाको अन्तर्वार्ता तथा त्यस सम्बन्धी खबर प्रकाशित गरेको आधारमा पत्रकार अजयबाबु शिवाकोटीमाथि गम्भीर धम्की आएको उनी सम्पादक रहेको सञ्चार संस्था हाम्राकुरा डट कमले उल्लेख गरेको छ ।

सम्पादक शिवाकोटीलाई पहिचान नखुलेका नम्बरबाट फोन गरेर धम्की दिने क्रम बढेकाले सुरक्षा सतर्कताका लागि प्रहरीलाई जानकारी गराइएको जनाइएको छ ।

हाम्राकुराले यस सम्बन्धी खबरमा भनेको छ, ‘समाचार सार्वजनिक भएकै दिनदेखि सम्पादक शिवाकोटीलाई पछ्याउने र निगरानी गर्दै आएका केही समूहले अस्वाभाविक गतिविधि समेत बढाउँदै गएको हाम्राकुराले अनुभुति गरिरहेको छ । हाम्राकुरालाई ठीक लगाउनु पर्छ भन्ने केही समूह आपराधिक नियतका साथ सक्रिय भएको जानकारी पनि हामीले पाएका छौँ ।’

आफूहरुले प्रहरी जानकारी गराएको र सुरक्षा बढाउने प्रत्याभूति पाएको हाम्राकुराले उल्लेख गरेको छ । बलात्कार आरोपपछि महराले सभामुखबाट राजीनामा दिएका छन् ।

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments