Incident Reports

प्रहरी कार्यालयभित्रै मदिराका बोतल, फोटो खिच्दा पत्रकारमाथि दुर्व्यवहार

2019-10-17

Bagmati, Chitawan, Bharatpur

 जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हाताभित्र जथाभावीरूपमा फालेका मदिराका बोत्तल खिचेको भन्दै पत्रकारमाथि दुर्व्यवहार भएको छ। बिहीवार दिउँसो १ बजेको समयमा प्रहरी कार्यालय पुगेका नारायणी अनलाइन तथा न्युज २४ मा आबद्ध पत्रकार केदार शर्मा र भण्डाफोर अभियानका पत्रकार सूर्य बरालमाथि दुर्व्यवहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय संवेदनशील क्षेत्र भएको भन्दै छरपस्ट फालिएका मदिराको बोत्तल खिच्न प्रहरीको अनुमति चाहिने हुनाले अनुमतिबिना तस्बिर खिचेकोले नियन्त्रणमा लिएको चितवन प्रहरीको भनाइ छ । पत्रकारलाई प्रहरी कन्ट्रोलमा आधा घण्टासम्म बन्धक बनाइएको थियो । 

पत्रकारद्वय शर्मा र बराललाई प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद सिलवालले नियन्त्रणमा लिनुभएको थियो । पत्रकारहरूले मदिराका बोत्तल छरपस्ट देखेपछि समाचार सङ्कलनको लागि खिच्छौँ भनेको भए अनुमति नपाइने भएकोले खिचिएको बताउनुभएको छ। अनुमतिबिना मदिराको बोत्तल खिचेको भन्दै समातेर कन्ट्रोल रूममा राखेको पत्रकार शर्मा र बरालको भनाइ छ। जिल्ला प्रहरी कार्यलय चितवनको क्यान्टिनसँगै रहेको शौचालबाट फर्किने क्रममा यत्रतत्र छरिएका मदिराका बोत्तलहरू खिचेको भन्दै नियन्त्रणमा लिनु परेको प्रहरी नायब उपरीक्षक शालिकराम पौडेलले बताउनुभयो । पौडेलले प्रहरी कार्यलयभित्र जस्तो सुकै अनैतिक गतिविधि भए पनि अनुमतिबिना फोटो तथा भिडियो लिन नपाइने बताउनुभयो ।

प्रहरी कार्यालयभित्र ड्युटी समयभन्दा बाहिर रहे पनि मदिरा पिउन पाइँदैन तर जिल्ला प्रहरी कार्यालय चितवनमा भने मदिराका बोत्तलहरू छरपस्टै देख्न सकिन्छ । अभ यस विषयमा डिएसपी पौडेलले भने ड्युटी समयभन्दा बाहिर प्रहरीले पनि अन्य बाहिर प्रहरीले पनि अन्य नागरिकले सरह मदिरा पिउने आशय व्यक्त गर्नुभयो । प्रहरीको हाताभित्र रहेको स्थानमा ओल्ड दरबार, रूसलान भोडका, टुबोर्क क्यान बियरलगायतका महङ्गा मदिराका बोत्तलहरू छरपस्ट छन् । त्यति मात्र होइन कार्यालय भित्रबाट निस्केको फोहोरसमेत भित्रै जलाइने गरिएको छ । कार्यालयभित्र मदिरा सेवन गरेर अन्य फोहोर सँगसँगै ल्याएर मदिराका बोत्तल फालिएको फोहोर देख्दै प्रस्ट हुन्छ । प्रहरी कार्यलयभित्र कसले कहँबाट महङ्गा ब्रान्डका मदिरा सेवन गरेको भन्ने विषयमा भने कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्ल आफू जानकार नरहेको भन्दै पन्छिन खोज्नुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments