Incident Reports

जातीय विभेद घटनाका आरोपित शिक्षक गिरफ्तार

2019-11-24

Bagmati, Dhading, Siddhalek, Ward 2

सिद्धलेक गाउँपालिका–२ ठाँटी भञ्ज्याङमा भएको जातीय छुवाछुत घटनाका आरोपितमध्येका एक शिक्षकलाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ । प्रहरीले सिद्धेश्वर माविका शिक्षक समेत रहेका हरिबहादुर सिल्वाललाई गिरफ्तार गरेको जनाएको छ ।

गत असोज २० र २१ गते ठाँटी भञ्ज्याङमा रहेको एक होटलमा खाना खाने क्रममा दलित समुदायलाई गैर दलितहरूले गाली गलौज र कुटपिट गरेको आरोप थियो ।

सिद्धलेक गाउँपालिका–२ ठाँटी भञ्ज्याङका ६५ वर्षीया मिठु नेपाली, २५ वर्षीय ईश्वर रोक्का, ३२ वर्षीय सुनिल रोक्का, २३ वर्षीय सुब्बा रोक्का, २२ वर्षीय सुजन रोक्का, ३१ वर्षीय दत्तबहादुर नेपाली र २२ वर्षीया पार्वती रोक्कालाई दलित भएकै कारण तल्लो जात भन्दै गाली गलौज गरेर कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

कुटपिटका कारण घाइते भएका पीडितहरूको कालीदहस्थित निजी मेडिकलमा उपचार गराएका थिए । पीडितहरूले असोज २७ गते जाहेरी दर्ता गराएका थिए ।

सिद्धालेक गाउँपालिका–२ ठाँटी भञ्याङका २८ वर्षीय प्रल्हाद सिल्वाल, ५३ वर्षीय हरिबहादुर सिल्वाल, ४८ वर्षीय अर्जुन सिल्वाल, २२ वर्षीय भिम सिल्वाल, ५३ वर्षीया सावित्री गिरी र २४ वर्षीय प्रदिप गिरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । आरोपितमध्येका प्रदिप गिरीलाई प्रहरीले कात्तिक २७ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । अन्य आरोपित फरार रहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैदवारले जानकारी दिनुभयो ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Total Injured 7
Female Injured 2
Youth Injured 4
INSEC

0 Comments