Incident Reports

घटना छानविन नगरेको भन्दै पत्रकारद्धारा प्रशासनमा धर्ना

2019-12-30

नेपाल टेलिभिजन र नयाँ पत्रिकाका लागि हुम्ला जिल्ला संवाददाता चंखेलि गाउँपालिका–५ बस्ने २९ वर्षीय नरजन तामाङलाई खार्पुनाथ गाउँपालिका–४ बस्ने २८ वर्षीय रामजन शाही र सोही ठाउँ बस्ने ३० वर्षीय जगदिश हमालले ज्यान मार्ने धम्की दिएको भन्दै पीडितले पुस ११ गते प्रहरीमा उजुरी गरे पनि घटनाको बेवास्ता गरेको भन्दै पत्रकारहरूले पुस १४ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा धर्ना दिएका छन् ।

‘खाद्य डिपोको ताला फोरेर कार्यकर्तालाई चामल वितरण’ भन्ने विषयको समाचार पुस ४ गते नयाँ पत्रिकामा छापेको भन्दै आफु पुस ११ गते फिल्डबाट फर्किने क्रममा आरोपितद्धयले खार्पुनाथ गाउँपालिकाको कार्यालय नजिकै हातपात गर्न खोज्नुका साथै र मार्ने समेत धम्की दिएको पत्रकार तामाङले बताउनुभयो ।

पीडितले उजुरी गरे पनि हालसम्म घटनाको छानविनमा सरोकारवाला निकायको ध्यानाकर्षण नभएपछि पत्रकार धर्ना बस्नुपरेको नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश सदस्य मन्दिर सिंहले बताउनु भयो ।

घटनाका बारेमा जिल्ला प्रशासन कार्यालय, हुम्लामा बुझ्दा पत्रकारले लिखित रूपमा उजुरी नदिई सामान्य ठाडो निवेदन दिएका कारण छानविन गर्नमा समस्या भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भट्टराईले पीडित पत्रकारको लिखित उजुरी प्राप्त हुने बित्तिकै घटनाको छानविन हुने प्रतिकृया दिनुभयो ।

सो घटनामा संलग्नमाथि कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ, हुम्ला र नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश समितिले पुस १२ गते प्रेस विज्ञप्ति समेत प्रकाशन गरेको थियो ।


नन्द सिंह


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments