Incident Reports

छिन्नमस्ताका जेष्ठ नागरिक वृद्धभत्ताको लागि अझै धर्नामै

2020-01-05

Madhes, Saptari, Chhinnamasta

सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायतका १४ बुँदे माग राखेर सातादेखि आन्दोलित छिन्नमस्ता गाउँपालिकाका जेष्ठ नागरिक अझै धर्नामै छन् । जेष्ठ नागरिकले सोमबार पनि गाउँपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताको अगुवाईमा भएको जेष्ठ नागरिकको धर्नाले गाउँपालिका कार्यालयको कार्य समेत प्रभावित भएको छ । जेष्ठ नागरिकहरु कार्यालयको मुख्यद्वारमा धर्ना बसेका कारण कार्यालयको काममा अवरोध भएको हो ।

वडा भेला तथा गाउँसभा पारर्शी ढंगले हुनुपर्ने, गत आर्थिक वर्षको आयव्यय सार्वजनिक हुनुपर्ने, कृषकलाई सुलभ तरिकाले विउ विजन तथा मल उपलब्ध हुनुपर्ने लगायतका उनीहरुको माग छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments