Incident Reports

क्याम्पस प्रमुखलाई कुटपिट तथा दुर्व्यवहार l

2013-12-17

Province 1, Dhankuta, Dhankuta

गोपालबहादुर भट्टराईलाई पुस २ गते सोही क्याप्पसका शिक्षकहरुले कुटपिट गरी कोलोमोसो दलेर दुर्व्यवहार गरेका छन् । घटनामा संलग्न भएको आरोपमा सोही क्याम्पसका तीन जना शिक्षकलार्इर्र्प्रहरीले आजै गिरफ्तार गरेको छ । त्रिभुवन विश्वविद्यालय अर्न्तर्गत क्याम्पस प्रमुखहरुको बुटवलमा हुने दुई दिने भेलामा सार्वजनिक यातायातबाट धनकुटाबाट बुटवलतर्फजानेक्रममा धनकुटा नपा-३ बाख्रेखोला नजिक गाडी रोकेर क्याम्पस प्रमुख भट्टराईलाई कालोमोसो दल्दै कुटपिट गरेको आरोपमा सोही क्याम्पसका शिक्षकहरु नन्द न्यौपाने, शम्भु खतिवडा र किरण घिमिरेलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले बताए । क्याम्पस प्रमुख भट्टाराईलाई कुटपिट र दुव्यवहार भएपछि उनकी पत्नि ४० वर्षीया हिमादेवी बस्नेत भट्टाराईले आजै पतिमाथि कालोमोसो दलेर दुर्व्यवहार गर्ने तथा कुटपिट गर्ने शिक्षकहरुलाईकारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन् । पीडितकी पत्नी हिमादेवीले घटना पश्चात आफ्नो पति सर्म्पर्क विहीन भएको भन्दै पतिको खोजी गरिदिन र जीवन रक्षा गर्नका लागि मानवअधिकारकर्मीहरुसँग आग्रह समेत गरेकी छन् । सोही किटानी जाहेरीको आधारमा घटनामा संलग्न आरोपितहरुलाई धनकुटा बजारबाट गिरफ्तार गरी आवश्यक अनुसन्धान भईरहेको डिएसपी कार्कीले बताए । घटनापछि क्याम्पस प्रमुख भट्टराई धरानस्थित इलाका प्रहरी कार्यालयको सर्म्पर्कमा रहेको पनि डिएसपी कार्कीले बताए । आरोपित शिक्षक नन्द न्यौपानेले भने सो घटनामा आफूहरुको सम्लग्नता नरहेको बताएका छन् । उनले आफूहरुलाई घटनामा मुछेर बदनाम गर्न खोजीएको समेत आरोप लगाए । एकवर्षेदेखि क्याम्पस प्रमुखको कार्यशैलीप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका प्रगतिशिल समूहका प्राध्यापकहरु क्याम्पस प्रमुखले मङ्सिर २६ गते थप १३ जना आंशिक शिक्षक नियुक्ति गरेपछि थप आक्रोशित बनेका थिए । सन्तोष रुचाल

0 Comments