Incident Reports

विद्यार्थी सङ्गठनबाट क्याम्पसको कामकाज ठप्प

2020-01-14

विभिन्न विद्यार्थी सङ्गठनले सिरहास्थित सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको कामकाज ठप्प गराउँदै क्याम्पस प्रमुखलाई नै क्याम्पस प्रवेशमा रोक लगाएका छन्। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियनले संयुक्त रुपमा क्याम्पसको मूलढोकामा क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा निषेध गराई कालो तुल झुण्ड्याएका छन्।

क्याम्पस प्रमुख कृष्णकुमार यादवलाई क्याम्पस प्रवेशमा रोक लगाउनाका साथै क्याम्पस प्रशासनको सम्पूर्ण कामकाज ठप्प र क्याम्पसको सम्पूर्ण शाखामा तालबन्दी गरेको संयुक्त विद्यार्थी सङ्गठनले विज्ञप्तिमार्फत जनाएका छन्।

‘विद्यार्थी सङ्गठनले उठाउँदै आएको २२ बूँदे मागप्रति क्याम्पस प्रमुख यादव गम्भीर नभएकाले’ उनलाई क्याम्पस प्रवेशमा निषेध गरिएको समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष कासिन्द्र यादवले जानकारी दिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments