Incident Reports

पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथी आक्रमण

2019-12-12

 नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले माथी आक्रमण भएको छ ।

सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरुले काफ्लेलाई आक्रमण गरेका हुन् । उनीहरुले आन्दोलनको समाचार संकलन गर्न ढिलो आएको भन्दै काफ्ले माथी आक्रमण गरेका हुन् । आक्रमणबाट काफ्लेको नाक तथा आँखामा चोट लागेको छ । पत्रकार काफ्लेको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जनाएका छन् । उनको नाकको हड्डी भाँचिएको छ ।

सल्लेरी बचत तथा ऋण सहकारी संस्था धरानका अध्यक्ष कृष्ण विकले बचतकर्ताहरुको ८ करोड भन्दा बढी पैसा हिनामिना गरेपछि पीडितहरु न्याय माग्दै संघर्षमा छन् । सहकारीका अध्यक्ष विक अहिले पुर्पक्षका लागी जेल चलानमा छन् । पीडितहरु तीन महिनादेखि संघर्षका कार्यक्रम गरिरहेका छन् । संघर्षकै कार्यक्रम अन्तर्गत बिहीबार पत्रकार सन्तोष काफ्ले लगायतका सञ्चारकर्मीलाई समाचार संकलन गर्न बोलाउदा ढिलो आएको भन्दै आक्रमण भएको थियो । पत्रकार काफ्लेलाई सहकारी पीडित संघर्ष समितिका दिपक राई, नरेश शाही लगायतले घरबाटै समाचार संकलनकालागि कार्यक्रम स्थल सल्लेरी बचतको कार्यालय धरान–१२ लिएर गएका थिए । सहकारीको कार्यालय अगाडी पीडितहरु भेला भइरहेको स्थानमा पुगेपछि उनलाई ढिलो आएको भन्दै आक्रमण भएको थियो ।

काफ्ले माथी संघर्ष समितिका अध्यक्ष तुलसी विक, नरेश शाही, दिपक राईलगायतले आक्रमण गरेका थिए । न्युज २४ टेलिभिजन तथा हिमालयन टाइम्स पत्रिकामा कार्यरत पत्रकार काफ्ले र क्यामेरामेन रुद्र घिमिरे पीडितको कार्यक्रमको रिपोर्टीङ गरिरहेको बेला कार्यक्रममा ढिला आएको र आफुहरुले चाहेको जस्तो गरी समाचार नबनाइदिएको भन्दै आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार काफ्लेको ८ तोलाको सुनको सिक्री हराएको छ । पत्रकार काफ्लेले घरमा सुत्केरी श्रीमती भएकोले कार्यक्रम स्थल पुग्न ढिलो भएको बताए ।

पत्रकार काफ्लेमाथी आक्रमण गर्नेहरु धरान १ का ३६ बर्षीय नरेश साही, संघर्ष समितिका अध्यक्ष रहेका धरान १५ का ३८ बर्षीय तुलसीप्रसाद विक, संघर्ष समितिका सदस्यहरु धरान ४ का ४२ बर्षीय दिपक राई र धरान ४ कै ३५ बर्षीय संगीता राईलाई प्रहरीले पक्राउ गरेका छन् । पत्रकारमाथी आक्रमण गर्ने विरुद्ध कडा कारवाही गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटि तथा नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ती जारी गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Sunsari

0 Comments