Incident Reports

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

2020-02-01

Lumbini, Dang, Tulsipur

नेपाल पत्रकार महासंघ दाङका सह सचिव एवं गोरखापत्र दैनिकका समाचारदाता तुलसीपुर उपमनपा–१९ का ३० वर्षीय गोकर्ण पौडेललाई  कुटपिट गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का २५ वर्षीय सागर सुनारी मगर र  ३० वर्षीय मोहन भण्डारीलाई माघ १९ गते गिरफ्तार गरेको छ ।

आरोपितद्वयले माघ १८ गते  कुटपिट गरेको भन्दै पत्रकार पौडेलले इलाका प्रहरी कार्यालय  हापुरेमा माघ १९ गते उजुरी दिएका थिए ।

रेडियो हापुरेबाट काम सकेर कोठामा जाने क्रममा हापुरे बजारमा एक्कासी आएर गालीगलौज गर्दै गाला र कानमा हानेको पौडेलले बताउनु भयो । इलाका प्रहरी कार्यालयका सई देवराज वलीले आरोपितद्वयलाई  गिरफ्तार गरी अनुसन्धान थालिएको बताउनु भयो । पौडेलको  स्थानीय मेडिकलमा माघ १९ गते उपचार गरिएको प्रहरीले जनायो ।

घटनाका बारेमा  नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन र सचिव भुपेन्द्र वलीले माघ १९ गते विज्ञप्ति जारी गरेका छन् । विज्ञप्ति मार्फत   महासंघका सह सचिवमाथि भएको दुर्व्यवहारको भत्र्सना गर्दै दोषी माथि कारवाहीको माग गर्नु भएको छ   ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments