Incident Reports

कुटपिट घटनाका आरोपित गिरफ्तार

2020-02-05

Karnali, Rukum West, Musikot, Ward 4

मुसीकोट नगरपालिका–४ रुकुम पश्चिमकी ५० वर्षीया मङ्गली गिरीलाई माघ २२ गते खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा मुसिकोट नगरपालिका–११ रुकुम पश्चिमका ३९ वर्षीय ज्वाइँ नवराज पुनलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

ससुरालीमै गएर सासूलाई खुर्पा प्रहार गरी कुटपिट गरेको भन्दै प्रहरीले आरोपितलाई माघ २३ गते ससुरालीबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको हो ।

ज्वाइँको आक्रमणबाट मङ्गलीको टाउकोमा चोट लागेको र सात ओटा टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो ।

घाइते मङ्गलीको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको पनि डिएसपी केसीले बताउनुभयो ।

पुनमाथि रुकुम जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पुनले यसअघि पत्नीलाई पनि पटकपटक कुटपिट गर्ने गरेको र उक्त पीडा सहन नसकी माइतीमा गएर बसेपछि त्यहि रिसले सासूमाथि आक्रमण गरेको पीडित पक्षको भनाइ छ ।

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments