2020-01-06
बलात्कार अभियोगमा दूरदर्शन ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार अधिकारी पक्राउ परेका छन् । डिल्लीबजारमा कार्यालय रहेको सहकारीका अध्यक्ष अधिकारीलाई पीडित युवतीको जाहेरीपछि गत २४ माघमा कालिमाटीस्थित महिला सेलले पक्राउ परेको हो । युवती सोही सहकारीमा कार्यरत कर्मचारी हुन् । युवतीले विभिन्न प्रलोभन दिएर अधिकारीले पटक–पटक बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि घटना सम्बन्धमा आवश्यक अनुसन्धान गर्न परिसरले कालिमाटीस्थित महिला सेललाई निर्देशन दिएको थियो ।
परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बलात्कार अभियोगमा अधिकारी पक्राउ परेको जानकारी दिए । ‘युवतीको जाहेरीपछि बलात्कार अभियोगमा दूरदर्शन ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार अधिकारी पक्राउ परेका छन् । उनीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ,’ बोगटीले भने । प्रहरीका अनुसार अधिकारीविरुद्ध सात दिनको म्याद थप भएको छ ।
पीडित युवती सहकारीमा केही वर्षदेखि कार्यरत थिइन् । यस क्रममा अधिकारीले युवतीलाई पदीय प्रभावमा पारी विविध प्रलोभन दिने गरेका थिए । अधिकारीले युवतीलाई शारीरिक सम्बन्ध राखेको भिडियो आफूले खिचेकाले सार्वजनिक गरिदिने धम्की दिने गरेको प्रहरीको भनाइ छ । सोही आडमा अधिकारीले युवतीमाथि पटक–पटक यौन शोषण गर्दै आएका थिए ।
जागिर पनि छाड्न नदिने र पटक–पटक यौन शोषण पनि गर्दै आएपछि युवतीले बाध्य भएर अधिकारीविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् । ‘अधिकारीले युवतीलाई प्रलोभन दिने गरेको पाइयो । सोही आडमा पटक–पटक बलात्कार गर्दै आएका रहेछन् । जति गर्दा पनि अधिकारीको चंगुलबाट फुत्किन नसक्ने भएपछि बाध्य भएर प्रहरीमा जाहेरी दिएको देखिन्छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ परिसरका प्रवक्ता डिएसपी बोगटीले भने ।
गरी अनुसन्धान भइरहेको उनले बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
Total Raped | 1 |
Female Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19