Incident Reports

पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2020-03-15

Madhes, Bara, Mahagadhimai, Ward 10

महागढीमाई नपा–१० गंजभवानीपुर निवासी गोरखापत्र दैनिक र रेडियो वीरगंजमा कार्यरत पत्रकार ४६ वर्षीय शिवशङ्कर मिश्रालाई कलैया उमनपा–५ का ५५ वर्षीय रतनलाल टेवानीले आक्रमण गरी दुर्व्यवहार गरेको आरोपमा पीडितले चैत ३ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको छ ।

पत्रकार मिश्रालाई चैत २ गते बेलुका कलैया उमनपा–१ देवकीलाल धर्मशाला नजिकै समाचार लेखी रहेको बेला आरोपित टेवानीले चैत १ गतेको समाचारमा आफ्नो नाम समावेश नगरेको भन्दै दुर्व्यवहार गरेको आरोप छ ।

अभद्र व्यवहारमा पीडित आफैले उजुरी दिएकाले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

आरोपित टेवानीको आक्रमणबाट पीडित पत्रकार मिश्रको देब्रे ओठ, नाक र बायाँ कुहीनोमा चोट लागेको छ । चैत २ गते नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार गराई नियमित औषधी लिएको पीडित पत्रकार मिश्राले बताउनु भयो । समाचार लेखि रहेको समयमा आक्रमण गरी ल्याटप समेत फुटाएको उहाँले बताउनु भयो ।

पत्रकार मिश्रले कलैया पुस्तकालयको समाचार र फागुन २९ गते प्रकाशित समाचारका विषयमा विवाद गरि आक्रमण गरेको आरोप लगाउनु भयो ।


भोलानाथ पौडेल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments