2020-03-22
दुधपोखरी गाउँपालिका वडा नं ८ निवासी ६६ वर्षीय बेलप्रसाद गुरुङलाई बिचौर इलाका प्रहरीले हिरासतमा कुटपिट गरेर घाइते बनाएपछि उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । पीडितलाई इलाका प्रहरी कार्यलयले चार दिनसम्म कुटपिट गरेको पीडितकी छोरी स्नेह गुरुङले बताउनभयो ।
प्रहरीको कुटपिटबाट शरीर भरि निलडाम भएको उपचारमा संलग्न हाडजोर्नी डाक्टर शरण लिम्बूले बताउनुभयो ।
लिम्बुका अनुसार जिल्ला सामुदायिक अस्पतालमा सिटिस्क्यान नभएकोले काठमाडौ, पोखरा, र चितवन रिफर गरिएको बताउनुभयो । घटना भएको चार दिन पछि ०७६ चैत ४ गते इलाका प्रहरी कार्यालय बिचौरबाट गुरुङलाई जिल्ला प्रहरी कार्यलयमा ल्याइएको डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।
प्रहरीले याताना दिएको सन्दर्भमा सोधपुछ गरि प्रहरीलाई विभागीय कारवाही गरिने डीएसपी गुरुङको प्रतिबद्धता छ । घाइतेको अवस्था अहिलेपनि गम्भीर रहेको डाक्टर शरण लिम्बुको भनाइ छ ।
इलाका प्रहरी कार्यालयले ०७६ फागुन ३० गते गुरुङलाई हात हतियार सम्बन्धी र मानिस हराएकोविरुद्धको मुद्दा दर्ता गरेको डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।
दलबहादुर मजाकोटी
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Torture |
Weapons | Unclear |
Primary Cause | Violence in prisons (violence by correction officers, prisoners etc.) |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Police |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 16 - 31, 2021
February 04, 2021
GBV / Human Rights / Governance / Covid-19
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 1 - 15, 2021
January 21, 2021
GBV / Human Rights / Governance / Covid-19