Incident Reports

पत्रकारमाथि भएको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण

2020-04-06

सुर्खेतमा एकैदिन दुईजना पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति पत्रकार महासंघ सुर्खेतले आफ्नो गम्भीर ध्यानआर्षण भएको जनाएको छ।

महासंघले सोमबार विज्ञप्ति जारी गर्दै समाचार संकलनको क्रममा पत्रकारमाथि भएको घटनाप्रति निन्दा र भत्सर्ना गरेको छ। महासंघले नागरिक दैनिक कर्णालीका प्रमुख नगेन्द्र उपाध्याय र जागरण एफएम सुर्खेतमा पत्रकार नन्द कठायत माथि भएको दुर्व्यवहारको भर्त्‍सना गरेको हो। 

कोरोना भाइरसको महामारीको समयमा सरकारले गरेको लकडाउनको उल्लंघन जिम्मेवार निकायबाटै भएको विषयमा सोधपुछ गर्दा प्रदेशसभा सदस्य दानसिंह परियारले पत्रकार उपाध्यायलार्ई दुर्व्यवहार गरेको महासंघले जनाएको छ। 

लकडाउनको समयमा सरकारी सवारी साधनको दुरपययोग गरेको विषयमा प्रतिकृया लिन खोज्दा सदस्य परियारले अश्लील शब्द प्रयोग गर्दै धम्क्याएका हुन्। 

पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार संकलन र समाचार सम्प्रेषणको अधिकार हुँदाहुँदै पनि जिम्मेवार निकायबाटै दुर्व्यवहार हुनु प्रेसमाथिको ठाडो हस्तक्षेप भएको महासंघले जनाएको छ। 

त्यस्तै अर्का पत्रकार कठायतलाई कार्यालय जाँदै गर्दा प्रहरीले हातपात गरेको जनाइएको छ। यो संकटको घडीमा जोखिम मोलेर नागरिकलाई सूचना प्रवाहका लागि खटिएका पत्रकारमाथि दुर्व्यवहार हुनु दुखद भएको विज्ञप्तिमा उल्लेख छ। महासंघले पत्रकारमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न प्रशासनसँग जोडदार माग गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments