Incident Reports

अज्ञात पक्षद्वारा पत्रकारमाथि आक्रमण

2020-04-17

Madhes, Dhanusha, Sahidnagar

जनकपुर टुडेमा कार्यरत ३० वर्षीय पत्रकार सिवेन्द्र रोहिता र ३१ वर्षीय मनोज मोरबैतामाथि अज्ञात पक्षले आक्रमण गरेको छ ।

सहिद नगरपालिकाको क्वारेन्टाइनको रिपोर्टिङ्ग गरि फर्किंदै गरेको बेलामा वैशाख ५ गते साँझ ७ बजे चोराकोयलपुरमा अज्ञात पक्षले आक्रमण गरेको हो ।

अज्ञातपक्षको आक्रमणमा परेर घाइते दुबै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ । रिपोर्टिङ्ग सकाएर  फर्किंदै गर्दा चार–पाँच जनाले आफूमाथि आक्रमण गरेको पीडितहरूले बताउनु भयो ।

सहिद नगरपालिकाको क्वारेन्टाइनको भद्रगोल अवस्थाबारे रिपोर्टिङ्ग गरी  फर्किंदै गर्दा कोइलपुरमा आफूहरुमाथि आक्रमण भएको मनोज मोरवैताले बताउनुभयो । ‘अचानक अज्ञात समूहले पछाडिबाट टाउकोमै प्रहार गरे’ मोरबैताले भन्नु भयो–‘त्यसपछि हाम्रो उपकरण समेत खोसेर लगेका छन् ।’

रोहिता टुडे खोज डट कम तथा मोरबैता जनकपुर टुडेमा कार्यरत रहनु भएका छन् ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 2
INSEC , National/Online Media

0 Comments