Incident Reports

पत्रकार कुट्ने एक पक्राउ

2020-05-10

Madhes, Bara, Kalaiya, Ward 2

कलैया, २९ वैशा । प्रहरीले पत्रकारलाई कुटपिट गर्ने एक जनालाई पक्राउ गरेको छ । तराई मधेश राष्ट्रिय दैनिकका प्रकाशक पवन यादवलाई कुटपिट गर्ने समूहका एकजनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–३ भवानीपुरका छोटे मन्सुर रहेका छन् ।

मन्सुरलाई घरबाट पक्राउ गरिएको हो भने बाँकी तीनजनाको खोजी भइरहेको उनले भने ।

पक्राउ परेका मन्सुरमाथि कुटपिट मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएका छन् । पत्रकार यादवलाई कलैयाको भरतचोकस्थित पत्रिकाको कार्यालयबाट काम सकेर घर जाने क्रममा आइतबार बेलुका कलैया पिलुवा सडकखण्डअन्तर्गत अवधापुरमा चार जनाको समूहमा रहेका व्यक्तिले कुटपिट गरेक थिए ।

पत्रकार यादवका अनुसार कलैया उपमहानगरपालिका–२ अवधापुरस्थित हनुमान मन्दिरका पुजारी किशोरी दासलाई राति ८ः३० बजे चारजनाको समूहमा रहेका व्यक्तिले फोहर फोहर गाली गरिरहेको अवस्थामा सम्झाउन जाँदा उनीहरुले आफूलाई कुटपिट गरेको थियो ।

शरीरको विभिन्न भागमा चोट लागेका पत्रकार यादवको राति नै कलैया अस्पतालमा उपचार गरिएको थियो । उनको अवस्था समान्य रहेको छ । ती अपरिचित व्यक्तिले कुटपिट गर्नाका साथै क्यामरा, ल्यापटप र मोबाइल समेत फुटाई क्षति पुर्‍याएका छन् ।

पत्रकार यादवले भने, “गाँजा पक्रन लगाउने यिनै पत्रकार रहेको भन्दै पिट्न थालेको र नजिकै रहेका घरका महिलाले आफूलाई उद्धार गरी ज्यान बचाएको थियो ।”

हेलमेट टाउकोमा लगाएका कारण आफू ठूलो क्षति हुनबाट जोगिएको उनको भनाइ छ ।

यसैबीच पत्रकार यादवमाथि भएको सङ्घातिक घटनाको नेपाल पत्रकार महासङ्घ बारा, नेपाल प्रेस सङ्गठन र नेपाल प्रेस युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही, उपचार र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पत्रकार यादवमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन्। रासस

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Blunt weapon
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments