Incident Reports

वडा कार्यालयले भत्काइदियो घर, २५ दलित परिवारको बिचल्ली

2020-05-19

Province 1, Sunsari, Harinagara, Ward 3

लकडाउनले संकट उत्पन्न भएको वेला वडा कार्यालयले घरसमेत भत्काइदिँदा सुनसरीको हरिनगरा गाउँपालिका क्षेत्रका २५ दलित परिवारको बिचल्ली भएको छ। 

लकडाउनको कारण बनिबुतो गर्नसमेत नपाएर भोकभोकै बसेका दलित (मुसहर) परिवारको भएको सानो झुपडीसमेत वडा कार्यालयले भत्काइदिएको हो। घर भत्काइएपछि विपन्न परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

हरिनगरा– ३ गौतमपुरमा बसोवास गदै आएका २५ दलित (ऋषिदेव)को घर बाटो विस्तार गर्ने नाममा वडा कार्यालयले भत्काइदिएको हो। साबिक गौतमपुर गाविस– ८ मा वर्षौंदेखि सडक किनाराको ऐलानी पर्ती जमिनमा घर बनाएर सुकुम्बासी मुसहर समुदाय बस्दै आएका छन्।

बस्ने वैकल्पिक व्यवस्था नै नगरी सडक विस्तार गर्ने नाममा वडा कार्यालयले मंगलबार र बुधबार डोजर लगाएर दलित परिवारको घर भत्काइदिएको हो। लकडाउनको मारमा परेको वेला घर नभत्काउन गरेको अनुरोधलाई समेत वडा कार्यालयले बेवास्ता गरेको पीडित परिवारको गुनासो छ।

स्थानीय अधिकारकर्मी पीताम्बर ठाकुरका अनुसार बाटो फराकिलो पार्ने बहानामा लकडाउनको समयमा घर भत्काइदिएपछि बस्तीका २५ परिवारको बिचल्ली भएको हाे। उनीहरू भत्काइएको घरमै खुला आकाशमुनि शरण लिइरहेका छन्। 

   लकडाउनको समयमा विपन्न दलित समुदायको घर भत्काएर बिचल्ली बनाउनु खेदजनक भएको दलित अधिकारकर्मी डिबी साह शंकरले बताए। ‘विपन्न दलित समुदायमाथि गाउँपालिकाले गरेको अत्याचारको हामी सशक्त प्रतिरोध गर्नेछौँ,’ उनले भने।

वडा कार्यालयले स्थानीय कमल ऋषिदेव, श्यामवती ऋषिदेव, महव ऋषिदेव, प्रदीप ऋषिदेवलगायत २५ विपन्न दलित परिवारको घर भत्काएको हो। वडाध्यक्ष अरविन्द मेहताले गाउँपालिकाको निर्णयअनुसार नै सार्वजनिक बाटो विस्तार गरेको दाबी गरे। ‘हामीले कसैमाथि दमन गरेका छैनौँ, यो गाउँपालिकाकै निर्णण हो,’ उनले भने। 

गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाँले भने वडा कार्यालयको योजना भएकाले आफूलाई सबै विषयको जानकारी नहुने दाबी गरे। ‘तर, सडक विस्तार गर्दा कसैलाई उठीबास बनाउने कामचाहिँ गर्नुहुँदैन,’ उनले भने। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Event Duration More than 1 day
Primary Form Raid/sweeping
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments