2020-06-12
बुटवल , ३० जेठ । जेठको उखरमाउलो घाम, सडक तातेर पग्लेला जस्तो अर्कोतिर विश्व महामारी कोभिड १९ अर्थात कोरोनाको त्रासको विचपनि ठूलो संख्याका युवाहरुले मानवसाङ्लो बनाउदै बुटवलका तातेका सडक अझ तताएका छन् ।
‘फिजिकल डिस्टान्स, पिसफुल प्रोटेस्ट ,बुटवल’ भन्ने नारासहित विरोध सभा आयोजना गर्ने अभियानमा यूवाहरु जुटेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा ‘फिजिकल डिस्टान्स्स, पिसफुल प्रोटेस्ट, बुटवल नामको गु्रप बनाएर सडकमा उत्रेका हुन् ।
सरकारको भ्रष्टाचारी कदम र स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि सरकारले गरेको अनियमितता र स्वास्थ प्रति देखाएको उदासिनता लगायतको बिषयलाई पम्प्लेट, पोष्टरिङ्ग सहित युवाहरु स्वतस्फूर्त सडकमा उत्रिएका थिए ।
हातमा ‘१० अर्ब खोइ’ भन्ने व्यानर बोकेर केपी प्रचण्डको व्यंग्यचित्र समेत लिएर युवाहरूले राष्ट्रिय भावनाका गीतहरु गाउदै, सडकमा र्याली गरेका थिए । उठ जाग भोका नाङ्गा, चन्द्र सूर्य हाम्रो, जय जय नेपाल, नौजवान हो लगायतका गीतहरु गाउने र नाँच्ने समेत गरे यसरी नयाँ तरिकाबाट सरकारको विरोध भएको यो नै पहिलोपटक भने होईन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनालाई अदुवा र बेसार खाने सल्लाह दिएकोलाई व्यंग्य गर्दै प्रदर्शनकारीले कोरोनाको कहरमा कर तिर्ने र तिरेको करले राष्ट्रपति र प्रधानमन्त्रीलाई कार्पेट फेर्ने भन्दै कर नतिर्न समेत जनअपील गरेका थिए ।
यसैगरी एमसीसीलाई पास नगर्न समेत उनीहरुले सरकारलाई चेतावनीमूलक सन्देश झल्कने गरी, कोरोनाको चेक गर्ने आरडीटी मेसिन ल्याउनसमेत प्रदर्शनकर्ताले माग गरेका थिए ।झन्डै १ हजार युवाहरुले मानवसाङ्ग्लो बनाउँदै विरोध सभा र र्यालिमा भाग लिएका थिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to the quality of public services (health, education etc.)and access to these services |
Secondary Cause | Healthcare Management |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD