Incident Reports

छोराले गैरदलितकी छोरी विवाह गरेको आरोपमा कुटपिट l

2014-03-13

Sudurpashchim, Kailali, Lamkichuha

Sur Bahadur Pariyar छोराले गैर दलितकी छोरी विवाह गरेको आरोपमा बलिया गाविस-५ बगनियाकी ४० वर्षीया धिरजा टमटालाई सोही ठाउँका ४२ वर्षीय उदयसिंह रावत र ३० वर्षीय टीकाराम धामीले फागुन २९ गते राती कुटपिट गरेका छन् । कुटपिटबाट घाइते धिरजाको उपचार सेती अञ्चल अस्पताल धनगढीमा भईरहेको छ । घाइतेको उपचारमा संलग्न रहेको सिअहेव राधाकृष्ण चौधरीले पीडितको कानममा समस्या देखीएको छ र बाहिर शरीरमा घाउ नदेखिएकोले सम्बन्धित विशेज्ञ डाक्टरले चेकजाच गरेपछि अरु बताउन सक्ने बताए । पीडित महिलाका छोरा २२ वर्षीय बसन्त टमटाले स्थानीय २० वर्षीया ममता रावतसँग माघ १५ गते विवाह गरेको आरोपमा केटीका बुवा र मामाले तेरो छोरा ल्याउने भए ल्याउ होइन भने तलाई मारी दिने भन्दै कुटपिट गरेका थिए । दिउँसो कुटपिट घटनाका बारेमा प्रहरीलाई जानकारी गरेको भए पनि प्रहरीले बेवास्ता गरेको घाइते धिरजाले बताइन । प्रेम विवाह गर्ने युवती स्नातक प्रथम वर्षमा स्थानीय बहुमुखि क्याम्पसमा अध्यानरत छन् भने युवा भारतमा मजदुरी गदै आएको पीडित पक्षले जानकारी दिए । राती फेरी आक्रमण गर्न उदय र टीकाराम सहित गाउँलेहरू आक्रमण गर्ने आएपछि आफू भागेर जीवनरक्षका लागि प्रहरीमा जानेक्रममा बाटोमा पुनः आफूलाई आक्रमण भएको पीडितले टमटाले बताइन् । बाटोमा हिडिरहेका एक जना आर्मी जवानले बचाएर एम्बुलेन्समा धनगढी पठाएको पीडितले बताइन् । घाइते महिलाका पति टेकबहादुर टमटामा पनि रोजगारका लागि भारतमा मजदुरी गर्ने गएका छन् । घटनामा सलग्न भनिएका केटीका बुवालाई उदयसिंहलाई प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर राजेश कार्कीले जानकारी दिए ।सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis