Incident Reports

डोजर चालक र ठेकेदारलाई कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2020-07-08

Karnali, Humla, Simkot, Ward 5

कर्णाली करिडोर खार्पु सिमिकोट सडक खण्ड अन्तर्गतको सिमकोट गाउँपालिका ५ मा सडक खन्ने क्रममा असार २४ गते डोजर चालक र ठेकेदारलाई स्थानीयले कुटपिट गरी घाइते बनाएको भन्दै असार २४ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

धादिङ, मजिंगटार गाउँपालिका–१० का २१ वर्षीय डोजर चालक राजेश चेपाङ, हुम्लाको सर्केगाड गाउँपालिका–२ का २३ वर्षीय साइट इन्चार्ज विमल महतारा र सोही ठाउँका २८ वर्षीय ठेकेदार नरबहादुर भण्डारीलाई सिमकोट गाउँपालिका–५ का करीव २० जना युवाहरुको समूहले ढुङ्गामुढा प्रहार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।

डोजरले करिब  ४ सय मिटर बाटो खनिसकेपछि स्थानीय आएर डिपिआर सही नभएको बाटो किन खनेको भन्दै ढुङ्गा प्रहार गर्दा तीनै जनाको टाउको र कुइनामा चोट लागेकोले सबैको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भईरहेको डिएसपी सुर्यप्रकास सुवेदीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा असार २४ गते प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि गिरी, डिएसपी, सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा लगायतका सरोकारवालाबिच भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको प्रजिअ गिरीले बताउनुभयो ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth noyouth
Total Injured 3
Youth Injured 2
INSEC

0 Comments