Incident Reports

इन्धनकाे मूल्य बढाइएकाेमा नेविसंघको प्रदर्शन

2020-07-12

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको बबरमहलमा आइतबार प्रदर्शन गरेका छन् ।

बबरमहलको सडकमा झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएका थिए । उनीहरुले संकटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै फिर्ता गर्नुपर्ने माग गर्दै सडकमा आएको बताएका छन् । प्रदर्शनमा नेविसंघका अध्यक्ष लगायत सहभागी थिए ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ कायम भएकाे छ । प्रकाशित : असार २८, २०७७ १२:५०


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments