Incident Reports

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनद्वारा अतिक्रमित दुई घर टहरामा आगजनी

2020-07-18

Bagmati, Chitawan, Madi, Ward 9

चितवन, ४ साउन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी नगरपालिका–९ को कुुसुमखोला भन्ने स्थानमा अतिक्रमित दुई घर टहरामा आगजनी गरेको छ । चार/पाँच वटा हात्ती आएको भन्दै निकुञ्जका कर्मचारीले चेपाङ परिवारका दुई टहरामा आगजनी गरेको वडा अध्यक्ष शिवहरि सुवेदीले जानकारी दिए ।

उनले भने, ‘घटना बारे मैले बल्ल आज जानकारी पाए, यस्तो विपद्को बेलामा त्यस्तो घटना हुनु दुःखद हो ।’ उनकाअनुसार अन्य घर पनि निकुञ्जले हटाएको छ । दुई वटा घर भने पूर्ण रुपमा नष्ट भएको छ ।

आगजनी हुँदा नागरिकतालगायत महत्वपूर्ण कागजात, अन्न र केहीनगद समेत जलेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । मध्यवर्ती क्षेत्रमा पर्ने कुसुमखोलामा २०४८ सालदेखि नै उक्त बस्तीमा १६० घरपरिवार बस्दै आएका थिए ।

त्यहाँबाट धेरै परिवार अन्यत्र बसाईसराई गरेपनि ११ परिवार भने अझै सोही स्थानमा बस्दै आइरहेका छन् । सुकुम्बासी बस्तीलाई व्यवस्थापनको तयारी भइरहेको बेलामा निकुञ्जबाट भएको यस्तो कार्यप्रति वडा अध्यक्ष सुवेदीले खेद प्रकट गरे ।

उनले भने, ‘अहिले वर्षाका कारण बाढी पहिरोको जोखिम रहेका बेला मानिसको ओत लाग्ने घर नै भत्काउनु दुःखद हो, मानवीय संवेदनाको पनि ख्याल गर्नु जरुरी छ ।’

कुसुमखोलाका सुकुम्बासीलाई व्यवस्थापन गर्नका लागि वडा नं. ९ कै राईटोलमा नगरपालिकाले घर बनाउन लागेको थियो । तर, त्यहाँ पनि घर बनाउन निकुञ्जले रोकेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए ।

उनले भने, ‘मध्यवर्ती क्षेत्रभित्रको बस्तीलाई उठाएर हामीले राई टोलमा घर बनाएर सार्न लागेका थियौं, त्यहाँ पनि निकुञ्ज रोक्छ । पहिले बस्दै आएको ठाउँमा पनि रोक लगाउँछ । यो निकुञ्जको दादागिरी हो ।’

मेयर ढकालले यो समस्या समाधानका लागि केन्द्रीय सरकारबाटै दीर्घकालीन समाधन गर्नुपर्ने बताए । ‘माडीका हरेक क्षेत्र मध्यवर्ती क्षेत्रभित्र पर्छ । यहाँ ४२ सय घर छन् । कि त सबै भत्काउन सक्नु प¥यो । हैन भने चेपाङको घर भत्काउन छुट छैन ।’

मेयर ढकालले निकुञ्जसंग वर्षोंदेखि माडीबासी लड्दै आइरहेको भन्दै अब सेनासंग पनि लड्ने दिन आएको बताए ।

यता चितवन राष्ट्रिय निकुञ्जकाप्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भने निकुञ्जका कुनै पनि भू–भाग अतिक्रमण हुन नदिने बताए । उनले भने, ‘कुसुमखोलाको अतिक्रमित टहरा भत्काइएको हो, हामी पहिलेदेखि नै हट्न भन्दै आएका छौं ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other ethnic/caste/regional group
Actor 2 - Youth na
Total damaged Buildings 2
Severely damaged Buildings 2
National/Online Media

0 Comments