Incident Reports

समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरेको पत्रकारको आरोप

2020-07-20

Madhes, Saptari, Rajbiraj

एभिन्यूज टेलिभिजनका सप्तरी सम्वाद्दाता ४० वर्षीय बैद्यनाथ झालाई राजविराजस्थित कृषि ज्ञान केन्द्रका योजना शाखा प्रमुख किसुनदेव राउत र बाली संरक्षण अधिकृत दिनेश यादवले समाचार सङ्कलनका लागि साउन ५ गते अवरोध गरी दुर्व्यवहार गरेको भन्दै पीडितले साउन ६ गते नेपाल पत्रकार महासङ्घ सप्तरीमा निवेदन दिनु भएको छ ।

प्रदेश २ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको केन्द्रमा किसानका लागि आएको २ करोड ७५ लाखको ३ सय थान स्यालो ट्युब वेल (Shallow Tube Well) लगायतका विषयमा भ्रष्टाचार भएको आरोप लागेको छ ।

सोही विषयमा समाचार सङ्कलन गर्न पुग्नु भएका पीडित पत्रकारले कार्यालयको दृश्यसहित प्रत्यक्ष प्रसारण गर्न लाग्दा आरोपितहरूले अपशब्द बोलेर अवरोध गरेको पीडितको आरोप छ ।

सो अवरोधपछि आवश्यक कारवाहीका लागि सहजीकरण गर्न पत्रकार महासङ्घमा निवेदन दिएको पीडितले इन्सेक सप्तरी प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनु भयो । उहाँले स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषणको वातावरण सृजना गर्न सहयोग गरिदिनु हुन इन्सेक सप्तरी प्रतिनिधिलाई आग्रह पनि गर्नु भएको छ ।

आफूहरूसँग उपलब्ध जानकारी दिएको र कार्यालय प्रमुख आएपछि थप जानकारी लिन भनेको बताउनु हुँदै आरोपितहरूले कार्यालयमै उभिएर पत्रकारले मनगढन्ते, कपोलकल्पित समाचार सम्प्रेषण गरेको सुनेर उपस्थित किसानहरूले फोटो लिन रोकेको तथा आफूहरूले नकारात्मक र झुठा समाचार नदिन आग्रह मात्र गरेको आरोपितहरूले बताउनु भयो ।

लगत्तै घटनास्थल पुग्नु भएका नेपाल पत्रकार महासङ्घ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले कार्यालयमा आएका सेवाग्राहीहरूले सुरूमा फोटो किन खिचेको भनेर पत्रकार यादवलाई रोकेको र भित्रबाट कर्मचारीहरूसँग सोधपुछ गरेर फर्किए पछि भ्रष्टाचार भएको भनि कार्यक्रम भइरहेको बेलामा कर्मचारीहरूले गलत नबोल्नुस, किसानहरूसँग बुझेर मात्र बोल्नुस भनेर अवरोध गरेको तर हातपात नभएको उहाँले जानकारी दिनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Secondary Form Harassment
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments